कर्मचारीले गरे भक्तपुर अस्पताल अनिश्चिकालिन बन्द



काठमाण्डौ । भक्तपुर अस्पताल अनिश्चितकालिन बन्द गराईएको छ । विभिन्न पेशागत मागहरु राखेर कर्मचारीले अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिनका लागि बन्द गराएका हुन् । भक्तपुर अस्पतालका विकास समिति अन्तर्गतका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्द गरेका छन् ।

सेवा बन्द हुँदा अस्पतालमा जाँचका लागि आएका सयौँ बिरामी प्रभावित भएका छन । कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने माग गरेका छन ।
आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेको कर्मचारी संर्घष समितिका अध्यक्ष मदन देउजाले बताए ।

अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी अपरेशन सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने माग राखेको बताए । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा देवकोटाले कर्मचारीले पाइरहेका सेवा सुविधा नकाटेको भन्दै सबै निर्णय माथिको भएको बताए ।

अन्य सम्बन्धित समाचार:  ललितपुरको बुङ्मतीस्थित रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु