टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको हो ।

Saftey Pads

बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो। एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  तलेजुमा बलिरहित पूजाः लगिएन दसैँघर
Maruti Cement