माइतीघरमा विशाल प्रदर्शन, गुठी विधेयक खारेजको माग



काठमाडौ । गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका हुन् । विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ ।

अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता लिएको ठहर गर्दै प्रदर्शनकारीहरुले खारेजीको माग गरेका हुन् । गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा ठूलो जनसहभागिता देखिएको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोनाको कारण विश्वमा ५,१९,३९७ को मृत्यु