प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने व्यक्ति पक्राउ परेका छन् । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि पुगेका प्रधानमन्त्री ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।

पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । पुर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका हुन् । उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

अन्य सम्बन्धित समाचार:  नेकपा स्थायी समिति बैठक पुनः स्थगित