चार देशका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु



काठमाडौँ । सरकारले सिफारिस गरेका चार देशका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समिति बैठकले चार राजदूतहरुको सुनुवाई प्रक्रिया अघि बढाएको हो । प्रस्तावित राजदुतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि वंशीधर मिश्र रहेका छन् ।

यी सिफारिस भएका राजदूतका लागि समितिले उजुरी आह्वान गरेको छ । समितिले प्रस्तावित राजदुतहरु विरुद्ध १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदुतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्थाछ ।

अन्य सम्बन्धित समाचार:  सुनचाँदीको पसल लुट्न खोज्ने पक्राउ