हामी पनि रोष्ट्रम घेराउ गछौँः सांसद कर्ण



काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि रोष्ट्रम घेराउ गर्ने बताएका छन् । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको भन्दै उनले संसद अवरोध हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दैे संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराए ।

उनले संविधान विपरीत लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाए । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिबद्धताबाट पछि हटेको भन्दै उनले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गरे । उनले सरकारलाई लोकतन्त्रको हत्या गर्ने काममा उद्दत नहुन सुझाव दिए ।

अन्य सम्बन्धित समाचार:  दुई पाइलटले चलाएको जहाज अवतरण होला या दुर्घटना ?