द्वन्द्वकालका पीडितहरुलाई छिटो न्याय दिन नेता सिटौलाको माग



काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई भएको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पीडितहरुलाई न्याय दिन ढिलो भएको भन्दै सरकारको ध्यानाकर्ष गराएका हुन् ।

नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कारबाही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनीसमेत दिएका छन् ।