हायात होटेलका आन्दोलनरत कर्मचारी काममा फर्किए

Prabhu Bank

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी, काठमाण्डौ) का मजदुर काममा फर्किएका छन् । ’श्रम ऐन, २०७४’ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनरत कर्मचारी काममा फकिएका हुन् । कर्मचारी काममा फर्किए पछि एक सातादेखि बन्द रहेको होटल हायात नियमित सञ्चालनमा आएको छ ।

Saftey Pads

श्रम तथा रोजगार कार्यालयले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिनुभयो । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानुनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदुरलाई आग्रह गरेको थियो ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

Maruti Cement