भूमी व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियोः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा आज नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका हुन् ।

Saftey Pads

प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पूराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए। प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए ।

अन्य सम्बन्धित समाचार:  गोकुल बाँस्कोटालाई उन्मुक्ति दिँदै अख्तियार
Maruti Cement