प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुई जना पक्राउ



काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलंकी मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाइ कालो झन्डा देखाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा राखिएको डीएसपी देवेन्द्रबहादुर पालले बताए ।

पक्राउ परेका दुई जनाको नाम भने खुलाईएको छैन ।

अन्य सम्बन्धित समाचार:  ओली प्रचण्ड वान टु वान वार्तामा