देउवाको दावीः संसद विपक्षको हो, बोल्ने विपक्षले हो



काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विपक्षको भएको र अगाडी बोल्न पनि प्रतिपक्षले नै पाउनुपर्ने दावी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति देउवाले संसारभर नै सदनमा प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्ष दलको नेताहरुले बोल्न पाउने प्रचलन रहेको बताए ।

“संसद विपक्षको हो, बोल्ने विपक्षले हो ।” उनले भने । ‘यो संसारभरको मान्यता हो, यहाँ मात्रै जबरजस्त
गरिएको होईन ।’

सभापति देउवाले विपक्षीको कामै बोल्ने र माग राख्ने भएको र सरकरको काम त्यसलाई पूरा गर्नु पर्ने भए पनि सरकारले बलमिच्याँई गरेको समेत आरोप लगाए ।