गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

Prabhu Bank

काठमाण्डौ । गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ । गुठी संस्कृतिसँग सम्बन्धित भएको भन्दै समितिले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गरेको हो ।

Saftey Pads

बुधबार गुठियारहरुले काठमाण्डौको माइतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै समितिका संयोजक डा. महेशमान श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरेका छन् । संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे । नेवार समुदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement