सुनकोसी नदिमा दुई किशोर बेपत्ता



काठमाण्डौ । उदयपुरको लिम्चुबुङ गाउँपालिका १ बास्बोटेका दुई किशोर सुनकोसी नदीमा बेपत्ता भएका छन् । ज्यामिरे खोला दोभानमा माछा मार्न गएका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बुधबार बिहानैदेखि बेपत्ता भएका हुन् ।

माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोसीले बगाएर बेपत्ता भएको स्थानीयले जानकारी गराएको प्रहरी चौकी लिम्चुबुङले जनाएको छ । उनीहरूको खोजी तथा उद्धारमा स्थानीयहरू लागिरहेका छन् ।

अन्य सम्बन्धित समाचार:  बाढीमा घाइते परिवारको उद्दारमा कुनै सम्झौता नहुने: सभामुख