जनताको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’: अध्यक्ष थापा



काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतिर गएको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनताको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ भएको बताएका हुन् ।

उनले कांग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावीसमेत गरेका छन् ।

साथै उनले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा ठूलै शत्तिको रुपमा स्थापित गराउने संकल्प लिएको बताए ।

अन्य सम्बन्धित समाचार:  नेकपा अध्यक्ष ओली र दाहाल बीचको छलफल सकियो