काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने प्रम ओलीको चेतावनी

Prabhu Bank

काठमाडौं

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई गम्भीर नोक्सानीमा पुर्याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार ४५ औँ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिटो काम नसक्दा देशलाई दोहोरो मार पर्ने बताउँदै आगामी दिनहरुमा त्यस्ता कम्पनीलाई ठेक्का नदिनेसमेत स्पष्ट पारे ।

काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कारबाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।

त्यस्तै उनले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीले सुनाए ।

अन्य सम्बन्धित समाचार:  गोकुल बाँस्कोटालाई उन्मुक्ति दिँदै अख्तियार

त्यसैगरि जनताको हितको कामको लागि आफु सधैं तत्पर तथा प्रतिवद्ध रहेको बताए ।

Maruti Cement