जनकपुरमा ग्यास सिलिन्डर विस्फोट, ३ वटा होटलमा आगलागी



काठमाण्डौ । जनकपुरमा ग्यास सिलिन्डर विस्फोट हँुदा ३ वटा होटलमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका –२ कदम चोकमा बिहीबार बिहान होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको हो ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भने भएको छैन ।

अन्य सम्बन्धित समाचार:  सडकमा धान रोप्दै हरिसिद्धिका स्थानीय (फोटो फिचर)