कर्णाली नदिमा खसेको जीप र यात्रु अझै बेपत्ता, गोताखोरसहितको टोलीले पनि भेट्टाउन सकेन

Prabhu Bank

काठमाण्डौ । कर्णाली नदिमा खसेको जीप र यात्रु अझै बेपत्ता रहेका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनामा मंगलबार अपराह्न कर्णाली नदीमा खसेको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन नसकिएको हो ।
भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकोे हुम्लामा लु १ ज ७१६६ नंम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

Saftey Pads

मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो । स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा

दुर्घटनामा पर्नुभएका उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । जीप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

कुनिटारबाट दुर्घटनास्थलमा पुग्नुभएका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए ।
शोकमा हुम्ला
यही असार ३ गते मंगलबार जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जीपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement