मन्त्रीहरु हेरफेर हुन सक्छन्ः अध्यक्ष प्रचण्ड



काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारितपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले कास्कीको पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् । मन्त्री हेरफेरसम्बन्धीको पत्रकारहको जिज्ञासामा अध्यक्ष दाहाले बजेट पारितपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका हुन् ।

“बजेट पारितपछि केही मन्त्रीहरु हरेफेर हुन सक्छन् ।” उनले भने । साथै प्रचण्डले प्रधानमन्त्रीसँग त्यसबारेमा कुराकानी भएको समेत बताए ।

‘प्रधानमनत्रीले चाहेको बेलामा जत्तिबेला पनि पुनर्गठन हुन सक्छ ।’ उनले भने । तर, अहिल्यै ठोस निर्णय भने नभएको अध्यक्ष प्रचण्डले भने ।

अन्य सम्बन्धित समाचार:  नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित