निजी क्षेत्रको सक्रियताबाटै व्यापार घाटा कम गर्न सकिन्छः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निजी क्षेत्रको सक्रियताबाटै आयात प्रतिस्थापनसँगै निर्यात प्रवद्र्धन गर्ने सरकारको लक्ष्य पूरा हुने बताएका छन् ।

जर्मनीबाट ९०० मालवस्तु आयात हुने र १७० वटा मात्र नेपाली उत्पादन जर्मनीतर्फ निर्यात भइरहेको सन्दर्भमा नेपालको निकासी बढाउन निजी क्षेत्रको अह्म भूमिका हुने उनले बताउएका हुन् ।

नेपाल–जर्मनी उद्योग वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको प्रवद्र्धनलाई राज्यले उच्च महत्व दिएको भन्दै राष्ट्रिय उद्यम–व्यवसायलाई टेवा दिँदै सहजकर्ताको भूमिकाबाट सरकार कहिल्यै नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्य सम्बन्धित समाचार:  चरणवद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी