चिनियाँ राष्ट्रपति सी जिनपिङको आजबाट उत्तर कोरिया भ्रमणमा शुरु



काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको बिहीबारबाट उत्तर कोरिया भ्रमणमा शुरु हुँदैछ । सन् २००५ पछि चीनको शीर्ष नेताबाट भएको यो पहिलो राजकीय भ्रमण हो । उत्तर कोरियालीका नेता किम जोङ उन र चिनियाँ राष्ट्रपति सीबीच आजै भेट्न हुने कार्यक्रम रहेको छ ।

अन्तर्रा्ष्ट्रिय नाकाबन्दीको सामना गरिरहेको उत्तर कोरियाको चीन प्रमुख व्यापारिक साझेदार हो । सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटको दुई साताअघि किमलाई भेट्न लागेका हुन् । दुई सातापछि जापानमा आयोजना हुने जी ट्वान्टी सम्मेलनमा सहभागी हुने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ ।

गत फेब्रुअरीमा भियतनामको हनोइमा ट्रम्प र किमबीच सम्बन्ध सुधारका लागि दोस्रो शिखर वार्ता भएको थियो । उत्तर कोरियाका परमाणु कार्यक्रम बारे भएको सो वार्ता असफल भएको थियो ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणको तथ्यांकमा भारत विश्वमै तेस्रो स्थानमा