‘मूर्ति चोर’ शब्दमाथि कांग्रेसको आपत्ति



काठमाडौं

विवादित गुठी विधेयक फिर्तापछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई ‘मूर्ति चोर’ भनेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका सांसद राजन केसी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आक्रोसित बनेको हुन् ।

गुठी विधेयक ढिलै भएपनि फिर्ता हुनु सराहनीय काम भएको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले जुन शब्द भन्नुभयो, त्यो भने आपत्तिजनक छ ।’

प्रधानमन्त्रीको बोलीले उपत्यकावासी दुखित भएको पनि सांसद केसीले बताए ।
गुठी विधेयक फिर्ता भएपनि अझै जनताले विश्वास नगरेको भन्दै सांसद केसीले सरोकारवालाहरुको उपस्थितीमा गुठी विधेयकलाई उचित व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षन गरे ।

अन्य सम्बन्धित समाचार:  सरिता गिरी सांसद पदबाट निष्कासित