गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छः गच्छदार

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको बताएका हुन् । उनले भने, ‘संविधान साझा दस्ताबेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई ।’

Saftey Pads

संविधानको मर्म र भावना विपरित विधेयकहरु ल्याउन खोजिएको भन्दै उनले प्रधानमन्त्री स्वेच्छाचारी हुन नपाउने बताए । उनले अघि भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’

सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको भन्दै उनले भने, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता र्गयौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’ यद्यपि दुई तिहाई बहुमत भएको प्रधानमन्त्रीको राजीनामा नमाग्ने उनले बताए । कांग्रेस संसदीय दलका उपनेता गच्छदारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुठित गर्ने विधेयक किन ल्याउनुर्पयो भन्ने प्रश्न गरे । उनले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी विधेयकको पनि विरोध गरे ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको बालगृहबाट ११ बालबालिकाको उद्धार
Maruti Cement