अमेरिकी ड्रोन खसालेको इरानको दावी

Prabhu Bank

काठमाण्डौ । इरानको सेनाले अमेरिकी मानवरहीत जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ । इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्रा्ष्ट्रिय तेल निर्यात मार्गमा खसालेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

Saftey Pads

तर अमेरिकी सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । पेन्टागनले मध्यपूर्वमा थप १ हजार सेना पठाउने निर्णय गरेको भोलिपल्टै यो घटना भएको हो । केही दिनअघि मात्र ओमानको खाडी क्षेत्रमा तेल ट्याङकरमा इरानले आक्रमण गरेको वासिंटनको आरोप छ ।

तर तेहेरानले भने आरोप अस्वीकार गरेको छ । पछिल्लो समय अमेरिकासँगको सम्बन्ध थप चिसिरहेका बेला इरानले आगामी साताबाट यूरेनियम सम्बर्द्धन फेरि शुरु गर्ने जनाएको छ । (एजेन्सी)

अन्य सम्बन्धित समाचार:  इन्स्टाग्रामबाट चार घण्टा लाइभ गर्न मिल्ने व्यवस्था लागू हुँदै
Maruti Cement