नेपाल/भारतबीच आवत–जावतको सहज वातावरण बन्छः मुख्यमन्त्री योगी

Prabhu Bank

काठमाडौं

Saftey Pads

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल/नेपालीको सुख तथा समृद्धिमा सधैं भारतले साथ दिने बताएका छन् ।

मुख्यमन्त्री निवासमा बुधबार साँझ नेपाली पत्रकारहरुसँगको भेटमा योगीले भारतले नेपालको संधै शान्ति र समृद्धि चाहने बताएका हुन् ।

साथै उनले सीमा विवादमा उठ्ने गरेको विषयमा दुवै पक्ष सजग रहनुपर्ने पनि बताए । ‘लागू औषध, अवैध मुद्रा तथा आपराधिक क्रियाकलाप गर्ने सीमा क्षेत्रमा सक्रिय छन्, विशेष त्यसतर्फ दुवै देशले ध्यान दिनुपर्छ ।’ उनले भने ।

त्यस्तै विश्वमा नेपालको स्वाभिमान उच्च रहेको र नेपाल एक स्वधिन्ता र सम्प्रभुत्ता सम्पन्न राष्ट्र भएको बताउँदै उनले नेपालको प्रशंसासमेत गरे ।

मुख्यमन्त्री योगीले भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा छिट्टै संचालन गर्ने जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा जेल सजाय
Maruti Cement