ओखलढुंगामा टेम्पो दुर्घटना, ५ जना गम्भीर घाइते

Prabhu Bank

काठमाण्डौ । ओखलढुंगामा टेम्पो (अटो) दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । रुम्जाटारबाट सदरमुकाम तर्फ आउँदै गरेको को २ ह ४९०० नम्बरको टेम्पो ओखलढुंगा(रुम्जाटार सडकबाट करिब ५० मिटर तल झरेर ढुंग्रे जाने सडकमा पुगेर दुर्घटना भएको हो ।

Saftey Pads

सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आउँदै गरेका रुम्जाटार माविका विद्यार्थीहरु दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख पुषपराज मल्लले जानकारी दिए । दुर्घटनामा चालक सहित ५ जना घाइते भएका छन् ।

युवराज कट्वाल, खड्ग नारायण श्रेष्ठ, भरत राई, फुरि शेर्पा र चालक सानुराम दाहाल घाइते भएका हुन् । उनीहरुको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये खड्ग नारायण श्रेष्ठको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताए ।

अन्य सम्बन्धित समाचार:  तलेजुमा बलिरहित पूजाः लगिएन दसैँघर
Maruti Cement