काठमाडौंमा बस दुर्घटना, १ को मृत्यु १६ घाइते



काठमाडौं

काठमाडौंको गोकर्णमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट बौद्धतर्फ आईरहेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा दुर्घटना हुँदा एकको मृत्यु तथा १६ जना घाइते भएका महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेहरुको नेपाल मेडिकल कलेजमा उचार भईरहेको बताईएको छ ।

अन्य सम्बन्धित समाचार:  काभ्रेमा कोरोना संक्रमितको संख्या ३ पुग्यो