लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्ध साताव्यापी अभियान सुरु

Prabhu Bank

काठमाण्डौ । लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको साताव्यापी अभियान शुरु गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव प्रेमकुमार राईले बिहिबार अभियानको शुरु गरेका हुन् ।
मन्त्रालयले असार ११ गतेसम्म सरोकारवालाहरुसँग समन्वय गरि ७७ वटै जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रम गरी अभियान सम्पन्न गर्ने जनाएको छ ।

Saftey Pads

यस वर्ष लागु यो दिवसको नारा समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ्य जीवन राखिएको छ ।
कार्यक्रममा गृहसचिव राईले लागू औषध दूव्र्यसन राष्ट्रिय समस्याको रुपमा देखा परेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि सरकारले कडा कदम चाल्ने बताए ।

यसका लागि सबै प्रदेशसँग समन्वय गर्दै जाने उनको भनाइ छ । नेपालमा प्रत्येक वर्ष ११.३६ प्रतिशतको दरले लागू औषध प्रयोगकर्ताको संख्या बढिरहेको एक सर्वेक्षण देखाएको छ । त्यसैगरि कूल अपराधमध्ये ७ प्रतिशत लागू औषधको प्रयोगका कारण हुने गरेको समेत देखिएको छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु
Maruti Cement