पाँचथरमा अज्ञात समुहद्धारा एक्स्काभेटरमा आगजनी

Prabhu Bank

काठमाण्डौ । पाँचथरमा रोकेर राखेको एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् । मिक्लाजुङ गाउँपालिका–७, शान्तिचोक छेउको जङगलमा रोकेर राखिएको ज्वाला निर्माण सेवा काठमाण्डौको बा ३ ख ५६६ नम्बरको एक्स्काभेटरमा आगजनी गरेका हुन् ।

Saftey Pads

राँके–भेडेटार सडकखण्डको कामको लागि रोकेर राखिएको एक्स्काभेटरमा गए राति नचिनेका मानिसहरुको समूहले आगजनी गरेको इलाका प्रहरी चौकी रविका इन्स्पेक्टर रोमन अर्यालले बताए । विष्फोटको आवाज सुनेर हेर्दा एक्स्काभेटरमा आगो लागिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एक्स्काभेटर आगजनी गरिएको ठाउँमा ‘टाइम बम छ’ भनेर लेखिएको कागज पनि भेटिएको तर त्यस्तो खतराजनक वस्तु नभेटिएको इन्स्पेक्टर अर्यालले बताउए । आगजनीबाट एक्स्काभेटर पूर्ण रुपमा जलेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
Maruti Cement