समता अस्पताल माथी हत्याको आरोप, आफन्तद्धारा प्रदर्शन

Prabhu Bank

काठमाडौं– बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले अस्पतालमाथि नै हत्याको आरोप लगाउदै आएका छन्। आज पनि महानगरीय प्रहरी वृत्त गौशालामा दोषीमाथि कार्वाहीको माग गर्दै मृतकका आफन्तहरूले प्रदर्शन गरेका छन् ।

Saftey Pads

उनीहरूले हत्यारालाइ कार्वाहीको माग गर्दै नाराबाजी गरेका हुन्। २७ वर्षीया बिमला तामाङ मंगलबार अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। रामेछापको दोरम्बा घर भएकी विमला विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement