सरकार आफ्नै कारण जनताबाट टाढिँदै छः सांसद लिङदेन

Prabhu Bank

काठमाडौं

Saftey Pads

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद राजेन्द्र लिङदेनले सरकार आफ्नै कारण जनताबाट टाढिँदै गएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङदेनले पछिल्लो समय जनविरोधी काम गरेको कारण सरकार खाल्डोमा परेको विश्लेषण गरे ।

‘विपक्षहरुलाई मासेर एकछत्र राज गर्ने यो तपाईहरुको योजनलाई शुभकामना !’ तर, राजनीति त्यस्तो हुँदैन । उनले भने, ‘कांग्रेस कमजोर बनाउन सक्नुहोला, राजपा कमजोर बनाउन सक्नुहोला, तर राप्रपालाई कहिल्यै सक्नुहुन्छ ।’

सरकार विपक्ष सबै मासेर एकछत्र राज गर्ने उद्देश्यसाथ अगाडी बढेको आरोप पनि लगाए ।

अन्य सम्बन्धित समाचार:  चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग
Maruti Cement