प्रहरीसँगको झडपमा विप्लवका जिल्ला इञ्चार्ज पौडेलको मृत्यु



काठमाडौं

प्रहरीसँगको भिडन्तमा सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा इञ्चार्ज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेलको साथबाट पेस्तोल र गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बाह्रबिसे बाढी अपडेटः २ जनाको शव फेला, केही बेपत्ता