प्रधानमन्त्री कपमा कर्णाली प्रदेश पराजित

Prabhu Bank

काठमाण्डौ । महेन्द्रनगरमा चलिरहेको प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश तीनले पहिलो जित दर्ता गरेको छ । तीन नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो । महेन्द्रनगर स्थित जिल्ला खेलकुदको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । जसका लागि अस्मिता खरेलले २८ रन बनाइन् भने अस्मिता कर्माचार्यले ४७ रनको योगदान गरिन् ।

Saftey Pads

त्यस्तै कञ्चना श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रन थपिन् । जवाफमा कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो । उसका लागि रुविना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । कर्णालीलाई कम स्कोरमा रोक्न खुशी डंगोलले ५ विकेट लिइन । उनले एक ओभर तीन बलमा एक मेडेनसहित विना रन दिएर ५ विकेट लिइन् ।

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल

नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन् । यतिमात्र होइन उनले पुरुष क्रिकेटमा पनि एक रन पनि खर्च नगरी ५ विकेट कसैले पनि लिएका छैनन् । आजको खेलमा उत्कृष्ट बलिङ गरेकी प्रदेश तीनकी खुशी डंगोल प्लेयर अफ द म्याच चुनिइन ।

Maruti Cement