(सर्लाही फलोअप)कार्यकर्ताले गोली चलाएपछि प्रतिकार गर्दा यस्तो भयोः प्रहरी प्रवक्ता

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त हुँदा विप्लवका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले आक्रमणको क्रममा प्रतिकार गर्दा सो घटना घटेको बताएका छन् ।

सर्लाहीको लखनदेवी भन्ने स्थानमा प्रहरी पुग्दा विप्लव माओवादीका कार्यकर्ताहरुले फायर खोलेपछि गोली हानाहान भएको थियो ।

प्रहरीतर्फ भने कुनै क्षति नभएको बताइएको छ । इञ्चार्ज पौडेलसहित चारजना लखनदेवी हुँदै सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा घटना भएको थियो ।

मृतकको साथबाट प्रहरीले एक थान रिभल्वर, दुई थान गोली बरामद गरेको छ । मृतक पौडेलले बोकेको झोलामाा एक थान कटुवा पेस्तोल, दुई थान थ्री नट थ्रीको गोली पनि बरामद गरेको छ ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु

साथै, घटनास्थलबाट प्रहरीले बा २२ च ६४ र अन टेस्ट लेखिएको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

Maruti Cement