टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरी अस्पताल भर्ना



काठमाडौं

टीकापुर हत्याकाण्डका मुख्य दोषी ठहर भई जेल जीवन बिताईरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।

हाडमा ट्यूमर भएका चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अपरान्ह वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका हुन् ।

बोनम्यारो र फोक्सोमा समस्या देखिएको रेशमका भाई मिठूलाल चौधरीले बताए । रेशमले विगत १०/१५ दिनदेखि अस्पताल धाउँदै आएपनि अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल लानुपरेको उनले बताए ।

केहीअघि कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । २०७४ मंसिरमा भएको संसदीय निर्वाचनमा उनी कैलाली–४ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।

रेशम अहिले डिल्लीबजारस्थित सदरखोरमा राखिँदै आएका छन् ।

अन्य सम्बन्धित समाचार:  उपचारका क्रममा सांसद छन्त्यालको निधन