विश्व सङ्गीत दिवस आज, नेपालमा पनि मनाइँदै



काठमाण्डौ । एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।  पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन ’विश्व सङ्गीत दिवस अर्थात् World Music Day मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ(आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । वहूजाती, भाषा, धर्म अनि संस्कृती भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने मौलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतामार्फत् प्रशस्तै सुन्न पाइन्छ । मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरी देखि विनायो सम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली मौलिकता थप्ने बाजाहरू हुन ।
कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका सास्त्रिय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्मर्, यापदेखि मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पूण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ ।

एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरु मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, शायद् आकाशको असिमित दायरा झै ।

बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्दछन् ।

नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो। सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक(गायीका, लेखक(रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरुलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसंग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोग गर्दैआएको छ ।

विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरुको सम्झना गर्न चाह्यौं । बखत बहादर बुढापिर्ती देखि बेखामान सम्म, अम्बर गुरुङ्ग देखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरु जसका सङ्गीतले नेपाली माटोले जन्माउने मौलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।
रेडियो नेपाल लगायत विभिन्न रेडियो स्टेशन, विभिन्न सङ्गीत वितरक कम्पनि हुँदै टिभी, अडियो पोडकास्ट तथा यूट्यूब सम्म आईपुग्दा नेपाली सङ्गीतले यो अवधिमा सङ्गीतको फरक स्वादमा रमाउने प्रशस्त फरक श्रोताहरू बनाइसकेको छ र यो जमात आज विश्वभरी कहिं न कहिं कुनै न कुनै माध्यमबाट नेपाली सङ्गीतसंग जोडिएका छन् ।
सङ्गीतको मूल्य र वास्तविक श्रेय श्रष्टाले पाउन, नेपाली सङ्गीतमा माता सरस्वती सदैव दायाँ हुन् । नेपाली सङ्गीतले आफ्नो मौलिक सरगम ध्वनी विश्व बजारमा छर्न सकोस, ’विश्व सङ्गीत दिवस’को शुभकामना !