साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

Prabhu Bank

काठमाडौं । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरे लगत्तै अमेरिकाले पनि सोही कदम चालेको छ । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै यसो गर्न लागेका हुन् । सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नका लागि मतदान गरेका छन् । अरेबियासँग करिब ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको हातहतियार बिक्रीमा सहमति जनाइसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएका छन् ।

Saftey Pads

अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लीकन र डेमोक्र्याट्स पार्टीका सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए । उक्त विधेयक ५३–४५ ले पारित भएको थियो । मध्यपूर्वका मुलुकमा तनाब उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो । अमेरिकाले अत्याधुनिक लडाकू विमान, लडाकू विमानको मर्मत तथा अरु उच्च क्षमताका हातहतियार बिक्री गर्न चाहेको छ ।

अन्य सम्बन्धित समाचार:  दिल्लीमा अमित मिश्राको ठाउँमा प्रविण दुबे

राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कङ्ग्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिएको छ । कङ्ग्रेसले यमन संकटका सन्दर्भमा साउदी अरेबियालाई हतियार बिक्री गर्न नहुने भन्दै एक विधेयक पारित गरिसकेको छ । तर उक्त विधेयकलाई राष्ट्रपति ट्रम्पले गत अप्रिलमा विशेषाधिकार भिटो प्रयोग गरी अस्वीकार गगरेका थिए । संयुक्त राष्ट्रसंघले यमनमाथि भएको साउदी गठबन्धनको आक्रमणबाट यमनमा मानवीय संकट उत्पन्न भएको जनाएको छ ।

बेलायतले यमनी द्वन्द्व शुरु भएको सन् २०१५ यतामात्र करिब ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरका हातहतियार साउदी अरेबियालाई बिक्री गरेको छ । अहिले त्यहाँको उच्च अदालतले साउदी अरेबिया र उसका साझेदार मुलुकलाई यमनी द्वन्द्वमा प्रयोग हुनेगरी हातहतियार बिक्री स्थगित गर्न आदेश दिएको हो ।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा टिकटकमाथिको प्रतिबन्धात्मक व्यवस्था केही खुकुलो

जर्मनीले पत्रकार जमाल खशोग्जीको हत्यापछि सन् २०१८ देखि नै साउदी अरेबियालाई हातहतियार बिक्री गर्न छाडेको छ । जर्मनीले युरोपेली युनियनमा आबद्ध मुलुकहरुलाई पनि साउदी र यसको गठबन्धनका मुलुकलाई हतियार बिक्री रोक्न आह्वान गरिरहेको छ ।

Maruti Cement