दाजुभाईको कुटपिट बाट घाइते महिलाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते बनेकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

Saftey Pads

लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा तेतरीदेवी घाइते भएकी थिईन । रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकोमा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक
Maruti Cement