अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुस्ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् । लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताएका छन्।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।

‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो’ प्रधानमन्त्री ओलीले भने ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’ प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको धारणा राखे ।

अन्य सम्बन्धित समाचार:  ६ महिनापछि नेपाल–चीन रसुवागढी नाका सञ्चालनमा