एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका बिजेतालाई स्मार्टफोन

Prabhu Bank

काठमाडौं । ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकलाई एनसेल प्रालिले स्मार्टफोन हस्तान्तरण गरेको छ । योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जनाग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको हो । बैशाख १६ देखि संचालनमा रहेको योजना साउन १३ गतेसम्म सञ्चालन हुने छ ।

Saftey Pads

ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्रा्ष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्योभन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप १० मिनेटसम्म पाउँछन्। यसको अर्थ अन्तर्रा्ष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्दछन्।

बोनसका साथै, अन्तर्रा्ष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन्। योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १र१ थान स्मार्टफोन पाउँछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्रा्ष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ।

अन्य सम्बन्धित समाचार:  दसैँलगत्तै सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

योजना सुरु भएको चार हप्तासम्ममा ४० जना ग्राहक स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन्। जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन्। अन्य ३० ग्राहकको पहिचान प्रमाणित भईसकेको छ।

Maruti Cement