परिवारसँग सम्पर्क नहुँदा कुवेतमा मृत्यु भएकी सुमित्राको शव नेपाल आएन

Prabhu Bank

काठमाण्डौ।
कुवेतमा मृत्यु भएकी सुमित्राको परिवारलाई सम्पर्कमा आउन नेपाली दूतावास कुवेतले आग्रह गरेको छ। घरेलु कामदारका रुपमा कुवेत गएकी झापाकी
४१ वर्षीया सुमित्रा जबेगु लिम्बूको ज्यान गएको तीन हप्ता बितिसक्दा समेत शव नेपाल ल्याउन सकिएको छैन ।लिम्बूको परिवार र आफन्तसँग सम्पर्क हुन नसक्दा शव नेपाल पठाउन नसकिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।बिरामी भएपछि उपचारको लागि भर्ना गरिएकी सुमित्राको उपचारको क्रममा जेठ १४ गते ज्यान गएको थियो । सुमित्रा ६ वर्षअघि श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा कुवेत पुगेको दूतावासले जनाएको छ ।

Saftey Pads

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुवरी २७ मा जारी गरिएको राहदानीमा सुमित्राको भाइको नाम नैना लिम्बू र स्थायी ठेगाना महाभारा ३ झापा उल्लेख छ । तर परिवारसँग अझै सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरका अनुसार मृतक सुमित्राको शवलाई नेपाल पठाउने सबै कानुनी प्रक्रिया पूरा भैसकेको तर परिवार वा आफन्त कोहीसँग सम्पर्क हुन नसकेकाले नेपाल पठाउन नसकिएको हो।
सुमित्राको परिवार र आफन्त चिन्नेहरुले नेपाली दूतावास कुवेतको हटलाइन नम्बर ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

Maruti Cement