अर्थमन्त्रीले गतिहीन बजेट ल्याएको बाबुराम भट्टराईको आरोप



काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै भट्टराईले चीनसँगको आयात(निर्यातमा तत्काललाई प्रभाव पार्न नसकिने प्रस्ट्याए।

अर्थमन्त्री डा युवराज खतिवडाले गतिहीन बजेट ल्याएको उनले आरोप लगाए। अर्थमन्त्रीलाई उनले दोसाँधमा उभिएको व्यक्तिको संज्ञा दिए। आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि धारणा राख्दै बजेट वार्षिक आयव्यय मात्र नभएको बताए। अस्थिरताको बीचमा विगतका प्रस्तुत भएका बजेटहरुको निरन्तरता नै बजेटमा देखिएको भट्टराईको भनाइ थियो । भट्टराईले दिगो विकास लक्ष्यमा पुग्नका लागि प्रस्तुत बजेट चुकेको बताए।

आयव्ययको संरचना लामो समयदेखि एकै तबरको भएको पद्धतिप्रति उनले आलोचना गरे। पञ्चायतकालदेखि हालसम्म आउँदा आयव्ययको संरचना खासै अन्तर नभएको उनको भनाइ थियो। देशको अर्थतन्त्रलाई ध्यानमा राख्नुभन्दा पनि आयातमुखी अर्थतन्त्र बनाउने कार्यलाई प्रस्तुत बजेटले निरन्तरता दिएको भट्टराईको दाबी छ। आयको स्रोतमा परिवर्तन नभएको प्रति पनि उनले गुनासो गरे।

अन्य सम्बन्धित समाचार:  नेकपाको बैठक पुनः बुधबारसम्मका लागि स्थगित