धादिङमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु, ८ जना घाईते



काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ । जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकसम्म आईपुगेको हो । थप जानकारी आउन बाँकी छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँमा थप ५४ जना संक्रमित