सूचना प्रविधिसम्बन्धी विधेयक पारित गर्न सञ्चारमन्त्रीको आग्रह

Prabhu Bank

काठमाडौ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक पारित गर्न संसदीय समितिलाई आग्रह गरेका छन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको आजको बैठकमा उनले विधेयक तत्काल पारित गर्न सदस्यहरुसँग आग्रह गरे । उनले सरोकार नै नभएको विधेयकसँग समितिका सदस्यहरुले पत्रकारहरुलाई जोड्ने गरेको भन्दै आपत्ति जनाए ।

Saftey Pads

सञ्चार मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक मुलधारका मिडियासँग सम्बन्धित नरहेको भन्दै विधेयकले समाजलाई अनुशासित बनाउने दाबी गरे । दुई महिना लगाएर छलफल गर्दा पनि विधेयकलाई टुंगोमा र्पुयाउन नसकेको भन्दै मन्त्री बाँस्कोटाले समितिप्रति असन्तुष्टि जनाए । उनले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको जिकिर गरे ।

अन्य सम्बन्धित समाचार:  अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

समितिमा नेपाली कांग्रेसका सांसदहरुले प्रस्तावित विधेयकले व्यक्तिगत स्वतन्त्रतामा दखल दिने भन्दै यसका कतिपय प्रावधान अमूर्त रहेको टिप्पणी गरेका थिए । उनीहरुले विधेयक फिर्ता लिन माग गरे । तर, सत्तारुढ दलका सांसदहरुले भने विधेयकमा समर्थन जनाउँदै यसको बचाउ गरेका थिए ।

Maruti Cement