धादिङमा जिप दुर्घटना (अपडेट) मृतकको संख्या ५ पुग्यो, १० जना घाइते

Prabhu Bank

काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो ।

Saftey Pads

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीय समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकमा झरेको स्थानीयले बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  चितवनमा तनहुँकी कोरोना संक्रमित गर्भवतीको मृत्यु
Maruti Cement