जानकी मन्दिर परिसरमा योग शिविर, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत सहभागी

Prabhu Bank

काठमाण्डौ । पाँचौँ अन्तर्रा्ष्ट्रिय योग दिवसका अवसरमा जानकी मन्दिर परिसरमा योग शिविर संचालन गरिएको छ । शुक्रबार पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा योग शिविर संचालन गरिएको हो ।

Saftey Pads

आयोजित योग शिविरमा उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन् । तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको प्रसङ्ग उल्लेख गर्दै उनले योग स्वस्थताका साथै सौहार्द्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष रहेको बताए ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

उपप्रधानमन्त्री यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राखे ।
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनको स्वस्थताका लागि योग साधना गर्नु आवश्यक रहेको बताए । मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको विचार व्यक्त गरे ।

पतञ्जलि योगपीठ नेपालका प्रमुख लभदेव देव मिश्रको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक अनिल झा, प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश नंं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, योग शिविर संयोजक एवं प्रदेशसभा सदस्य कौशल यादवलगायत प्रदेशसभा सदस्यको पनि सहभागिता रहेको थियो ।शिविरमा सहभागीहरूलाई योगपीठ प्रमुख मिश्रले योगाभ्यास गराएका थिए ।

अन्य सम्बन्धित समाचार:  बैतडीः गाउँपालिकाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
Maruti Cement