सूर्यविनायकमा बिप्लव समूहका कार्यकर्ता पक्राउ

Prabhu Bank

काठमाण्डौ । भक्तपुरको सूर्यविनायकमा बिप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ दार्जि्लिङ हाईटमा लुकिछुपी बसिरहेको अवस्थामा कुलदिप थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप दोरम्वा गाँउपालिका वडा नं ६ बस्ने बर्ष ३६ का अविलास भने कुलदिप थापामगरलाई बिप्लव समूहको परिचय पत्र, बिप्लव समूह भनि चिनिने नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न कागजात, चन्दा रसिद, पर्चा पम्प्लेट लगायतका सामग्रीसहित महानगरीय प्रहरी बृत जगातीले पक्राउ गरेको हो ।

Saftey Pads

आठ थान मोवाईल सहित पक्राउ परेको अविलासलाई भक्तपुर जिल्ला अदालतमा राज्यबिरुद्धको कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवती रमन पोखरेलले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला
Maruti Cement