पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवसः तनमनको शान्तिका लागि योग अपरिहार्य रहेको सन्देश

Prabhu Bank

काठमाडौँ । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजधानी काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा आज विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

Saftey Pads

अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नु भएको थियो । पाचौँ अन्तर्रा्ष्ट्रिय योग दिवसका अवसरका आज रत्नपार्कबाट राष्ट्रिय सभा गृहसम्म विशेर्ष याली समेत निकालिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत सर्वसाधारण समेत र्सो यालीमा सहभागी थिए ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

यसैगरी अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसर पारेर आज हाँडीगाउँस्थित भत्केको पुलमा अवस्थित धन्यन्तरी फुटसल मैदानमा पनि विशेष योग कार्यक्रमको आयोजना गरी मनाइएको छ । पतञ्जली योग पीठ नेपालको अगुवाईमा धन्यन्तरी फुटसलको सहकार्यमा सम्पन्न सो योग शिविरमा लगभग १५ सयभन्दा बढीको उपस्थिति रहेको फुटसलका अध्यक्ष मदन कोइरालाले जानकारी दिए।

व्यक्तिगत मानसिक एवं शारीरिक शान्ति र स्वास्थबिना देशको विकास र समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै योगप्रति मानिसको आकर्षण बढ्दो छ । आधुनिक चिकित्सा पद्दतिले रोग लागी सकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन मानिएको छ ।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण
Maruti Cement