गुठी विधेयक फिर्ताको प्रक्रिया सुरु

Prabhu Bank

काठमाडौं

Saftey Pads

सरकारले विवादित गुठी विधेयकको फिर्ताको प्रत्रिया सुरु गरेको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रक्रिया सुरु भएको जानकारी गराएकी हुन् ।

बिहीबार मात्र गुठी विधेयकको प्रक्रिया सुरु गरेको उनले बताईन् । सरकारले गुठी मासेर धर्म संस्कृतिमाथि प्रहार गर्न लागेको भन्दै सरोकारवाला तथा गुठीयारहरुले आलोचना गरेपछि ३ अषाढमा मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्री अर्यालले विधेयक फिर्ता गर्ने घोषणा गरेकी थिइन् ।

विधेयक फिर्ताको प्रक्रियाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रश्न उठाएको थियो । संविधानको धारमा ११२ मा विधेयक प्रस्तुतकर्ताले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु

 

Maruti Cement