घुससहित अदालतका खरिदार पक्राउ

Prabhu Bank

काठमाडौं । जिल्ला अदालत कलैयाका खरिदार घुस रकम सहित पक्राउ परेका छन् । खरिदार सुनिल चौधरी १८ हजार घुस रकम सहित पक्राउ परेका हुन् ।

Saftey Pads

अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया(४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएको हो ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग
Maruti Cement