गर्मीबाट बालबालिकालाई कसरी जोगाउने ?

Prabhu Bank

काठमाडौं । गर्मी मौसममा अभिभावकले बालबालिकाको स्वास्थ्यमा ध्यान दिइएन भने विभिन्न प्रकारको समस्या देखिने बालरोग विशेषज्ञहरुले बताएका छन् । कान्ति बाल अस्पतालका चिकित्सक डा. गणेश राईले जाडोमा जसरी बालबालिकालाई विभिन्न संक्रमण हुनबाट जोगाउँछौ ,त्यसरी नै गर्मीमा हेरचाह गनुपर्ने बताए ।

Saftey Pads

“बालबालिकालाई शरीरमा पानीको कमी हुन नदिन नरिवल पानी र फलफूल खुवाउनुपर्छ भने नवजात शिशुको हकमा नियमित स्तनपान गराउनुपर्ने, खानेकुरमा विशेष ध्यान र्पुयाउनुपर्छ । हलुका, सुपाच्य र ताजा भोजन खुवाउनुपर्छ,” उनले भने, “कतिपय अभिभावकले आफ्नो बालबालिकालाई गर्मी भयो भने पंखा वा एसीका सामु राख्ने गरेको पाइन्छ । तर त्यस्तो गर्दा उनीहरुको स्वास्थ्यमा विभिन्नमा समस्या आउँछ ।”

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु

गर्मीमा बालबालिकालाई यसरी जोगाउन सकिन्छः
१. बालबालिकालाई घामको समयमा घर बाहिर लैजाँदा छाता ओढाउने ।
२. बालबालिकालाई घामको अल्ट्राभ्वाइलेट किरणको नकारात्मक असरबाट जोगाउन सन प्रोटेक्सन क्रिम लगाइदिन सकिन्छ ।
३. बालबालिकाको शरीरमा पानीको मात्रा रहिरहनका लागि फलफूलको जुस, नरिवल पानी र फलफूल खुवाउने ।
४. नवजात शिशुलाई शरीरमा पानीको कमी हुन नदिन नियमित स्तनपान गराउने
५. गर्मीमा बालबालिकाको खानपिनमा विशेष ध्यान दिनुपर्छ । यो समयमा हलुका, सुपाच्य र ताजा भोजन खुवाउने ।
६. नवजात शिशुलाई बिहान ९ बजेअघि र बेलुका ६ बजेपछि मात्र घरमै राख्ने वा घर बाहिर लैजानुुपरेमा सूतीको शीतल हुने र पसिना कम आउने लुगा लगाइदिने ।
७. गर्मीमा नवजात बालबालिकालाई एसी वा पंखाको हावा शरीरमा सिधा पर्ने गरी नराख्ने ।
८. अभिभावकले घर बाहिरबाट आउँदा राम्रोसँग हात धोएर मात्र बालबालिका नजिक जाने ।
९. गर्मीमा नवजात शिशुलाई डाइपरका कारण एलर्जी हुने गर्छ । यो समयमा भरसक कपडाको न्याप्किन प्रयोग गर्नु राम्रो मानिन्छ ।

अन्य सम्बन्धित समाचार:  ३ हजार ५१७ संक्रमित थपिए: ४ हजार ९६ डिस्चार्ज
Maruti Cement